नेपाल । निरन्तर संसद अबरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दलबीच सहमति जुटेको छैन । तर शुक्रबार सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।
सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ।
यता, सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ ।
यसअघि कांग्रेसको नाराबाजीकैबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्