२३ फाल्गुन २०८२, शनिबार

मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छः नेकपा एस

कोलोराडोखबर संवाददाता , May 22nd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले मिडियालाई दबाबमा राख्ने कुनै पनि कार्यलाई निन्दनीय भनेको छ ।

एकीकृत समाजवादीले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गरेको जनाएको छ ।

अध्यक्ष सिरोहियाको पक्राउलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारीगरी निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र नभएको पुष्टि गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्