नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार राजधानी काठमाडौं उपत्यकामा सहकारीको रकम अपचलनविरुद्ध बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौँमा मोटरसाइकल र्यालीसहित सहकारी ठगीविरुद्ध विरोध जनाइएको हो ।
संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने नारा पनि लगाइएको थियो ।
राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने राप्रपाको माग छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्