२३ फाल्गुन २०८२, शनिबार

फाइल खोल्दिउँ भनेर धम्काउने होइन, खोलेर देखाउन रविलाई गगन थापाको चुनौती

कोलोराडोखबर संवाददाता , May 20th, 2024

नेपाल । आइतबार संसदमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस र काँग्रेसका शीर्ष नेताहरुलाई गम्भीर आरोप लगाएपछि महामन्त्री गगन थापाले फाइल खोल्दिउँ भनेर धम्काउने होइन, खोलेर देखाउन चुनौती दिएका छन् ।

रविको सम्बोधन गर्दै आइतबारको संसद बैठक स्थगित भएपछि लगत्तै पत्रकार सम्मेलन गर्दै थापाले लामिछानेको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

गृहमन्त्रीले सांसदलाई र देशको नागरिकलाई बहकाउन खोजेको थापाको आरोप छ । गृहमन्त्रीले बोलेपछि आफूहरुले बोल्न नपाएकाले पत्रकार सम्मेलन गरेको थापाले बताए ।

संसदमा रवि लामिछानेले आफू संसद र उप तथा गृहमन्त्री भएको बिर्सिएर टिभी प्रस्तोताकै रुपमा आफूलाई उतारेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्