२९ फाल्गुन २०८२, शुक्रबार

संसदमा कसरी प्रस्तुत हुने भन्ने छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , May 20th, 2024

नेपाल । सोमबार संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ।

संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको माग गरिरहेको छ । गृहमन्त्रीलक्षित छानबिन समिति बनाउने विषयमा सरकारले चासो नदेखाउँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्