नेपाल । आगामी महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) ले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेको छ ।
वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७–७ जना हुनेछन् । उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । तर विधान संशोधन गरी थप एक जना उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ ।
यसरी अध्यक्ष र महासचिव जोड्दा २१ सदस्य हुनेछ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ ।
तीन सयको हाराहारीमा केन्द्रीय समितिको सङ्ख्या चाहिँ घटाउने प्रस्ताव गरिएको छ । संशोधित विधान बमोजिम १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ भने २५ सदस्यीय स्थायी कमिटी बन्नेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्