नेपाल । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
सार्वजनिक पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकालाई ब्याख्या गरिएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो । राजधानीको पर्यटन बोर्डमा मंगलबार आयोजित पुस्तक विचोन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा।यादवले लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
पूर्वराष्ट्रपति डा. यादवमा संसद विघटनप्रति संकेत गर्दै माधवकुमार नेपाल नभएको भए संविधान मासिने सक्ने खतरा रहेको स्मरण गराउनु भयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्