नेपाल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले वर्तमान प्रचण्ड सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गर्ने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिएर बाटो खोलिदिन आइतबारनै सन्देश पठाएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्