५ चैत्र २०८२, बिहीबार

बाटो खुलेसँगै शुरु भयो सगरमाथा आरोहण

कोलोराडोखबर संवाददाता , May 12th, 2024

नेपाल । यसवर्षको यो सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुलेको छ । आरोहणका लागि मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली गत शुक्रबार शिखरको चुचुरोमा पुगेका छन् ।

गत शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम शुरु गरेको थियो । उक्त टोली शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल भएका थिए ।

आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको छ । यो सिजनमा ४१ वटा समूहका ४१४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्