२९ चैत्र २०८२, आईतवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो !

कोलोराडोखबर संवाददाता , April 12th, 2026

नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले १३ चैतमा पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत निम्तो दिएको बताएका छन् ।

मोरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँग कुराकानी गर्दै मोदीले निमन्त्रणा गरेको र त्यसलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको खुलाएका हुन् ।

खनालले भ्रमणलाई परिणाममुखी बनाउन गृहकार्य भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्