२७ चैत्र २०८२, शुक्रबार

पक्राउ परेको १३ दिनमा रिहा भए ओली र लेखक

कोलोराडोखबर संवाददाता , April 10th, 2026

नेपाल । पक्राउ परेको १३ दिनमा बिहीबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

जेन–जी आन्दोलनमा दमन गरेको भन्दै पक्राउ परेका उनीहरूलाई प्रहरीले परिवारको जिम्मा लगाएर रिहा गरेको हो ।

उनीहरू १४ चैतमा आ–आफ्नो निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । उनीहरूविरुद्ध अब म्याद थप नगर्न सर्वोच्चले परमादेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्