नेपाल । साहित्यकार महेशराज खरेलको आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ (भाग दुई) प्रकाशनमा आएको छ । खरेलको यो चौथो पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको हो ।
साहित्यकार तथा समालोचक प्राडा गोविन्दराज भट्टराईले कृतिमाथि आफ्नो धारणा राख्दै भनेका छन्, “अघिल्ला खण्डलाई मैले पनि आत्मपरक आख्यान हो भनेँ । यो त्यसैको क्रमलेखन हो । मैले सन् २०२२ कि नोबेल पुरस्कार विजेता फ्रान्सेली स्रष्टा आनी आर्नोको ‘आमाको कथा’ नामक उपन्यासिका पढेँ । त्यो उनकी आमाको जीवन र सँगसँगै आफ्नो अनुभूति थियो । उनले अन्त्यमा भनिन्– ‘आख्यानजस्तो तर हाम्रा पालाको इतिहास, सामाजिक र राजनीतिक सबैथोक मिसिएका कुरा । यसै बिच मेरी आमा र म पनि संघर्षपूर्ण स्थितिमा बाँचेको कथा हो ।’ त्यसैले म भन्छु– महेशको पनि त्यस्तै हो ।”
महेशराज खरेलले बहुविधामा कलम चलाउँदै आएका छन् । उनको पहिलो कृति ‘मनको किरण’ कविताकृति हो भने आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ ९भाग एक० दोस्रो कृति हो ।
खरेलको तेस्रो कृति ‘देश विदेश’ नियात्रा संग्रह प्रकाशित छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्