२५ चैत्र २०८२, बुधबार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

कोलोराडोखबर संवाददाता , April 8th, 2026

नेपाल । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा उनलाई नियुक्त गरेको हो । राष्ट्र बैंकमा विगत एक महिनादेखि डेपुटी गभर्नर रिक्त थियो ।

राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर रहने व्यवस्था भए पनि सरकारले मंगलबार एकजना मात्रै नियुक्त गरेको छ ।

नव नियुक्त डेपुटी गभर्नर पण्डितललाई गभर्नर विश्वनाथ पौडेलले सपथ ग्रहण गराएका छन् । मंगलबार नै उनल पदबहाली गरेका छन् ।

डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६८ सालमा उप–निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भए । कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हाले ।

प्रतिक्रिया दिनुहोस्