नेपाल । सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले सोमबार राजदूतावासलाई चिठी लेखेर ६ राजदुतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी गराएको छ ।
फिर्ता गरिएका राजदूतहरूमा भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।
उनीहरुलाई एक महिनाभित्र फिर्ता हुन भनिएको छ । उनीहरूलाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्