२४ चैत्र २०८२, मंगलवार

ओली र लेखकको म्याद नथप्न परमादेश जारी, चैत २६ गते रिहा हुन सक्ने

कोलोराडोखबर संवाददाता , April 7th, 2026

नेपाल । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । तर अब उनीहरुको म्याद नथप्न परमादेश जारी भएको छ ।

सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन । उनीहरुलाई चैत २६ गते रिहा गर्न सर्वोच्चले बाटो खोलिदिएको हो ।

सर्वोच्चको आदेश अनुसार ५ दिनभित्र मुद्दा बुझाउनु पर्ने, अन्यथा उनीहरुलाई साधारण तारेख वा धरौटीमा छोड्नुपर्ने छ ।

जेन्जी आन्दोलनमा बालबालिकाहरुको हत्या आरोपमा उनीहरुलाई यही चैत १४ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्