नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं यूरोपेली सम्मेलन आयोजना हुने भएको छ ।
एनआरएनए यूरोप संयोजक रोवट लिम्बुका अनुसार, सो सम्मेलन आगामी जुन २३–२४ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुनेछ ।
यसैबीच, एनआरएनए अध्यक्ष डा. हेम राज शर्माको नेतृत्वमा गत शुक्रबार एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटघाट गरेको छ ।
भेटको क्रममा प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक लगानी प्रवर्द्धन, सम्पत्ति अधिकारको सुनिश्चितता, मतदान अधिकार, साथै विदेशमा रहेका नेपालीहरूले भोगिरहेका विविध समस्याहरू लगायतका महत्वपूर्ण मुद्दाहरू प्रस्तुत गरेको थियो ।
भेटमा, एनआरएनए युरोपियन क्षेत्रीय समितिद्वारा आयोजना हुन गइरहेको १७औं एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन, महिला सम्मेलन २०२६ र युवा सम्मेलन २०२६ मा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउन माननीय परराष्ट्रमन्त्रीलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्