२२ चैत्र २०८२, आईतवार

एनआरएनए एनसीसी अमेरिकाद्वारा जुलाईमा वार्षिक सम्मेलन आयोजना गर्ने निर्णय

कोलोराडोखबर संवाददाता , April 5th, 2026

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको पूर्ण कार्यसमिति बैठक जुममार्फत सम्पन्न भएको छ । एनसीसी अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

उक्त बैठकले नेपालमा गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकार बधाई ज्ञापन गरेको छ ।

त्यसैगरी एनआरएनए आईसीसीको हालै सम्पन्न एकता महाधिवेशनबाट नव-निर्वाचित नेतृत्वलाई पनि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।

बैठकले आईसीसीको निर्देशन अनुसार एनसीसी अमेरिका गठन भएको हुँदा आधिकारिकता प्रक्रिया अघि बढाउने, टेनेसि राज्यमा आवश्यक अभिलेख अद्यावधिक गर्ने तथा सदस्यता अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि महासचिव पन्तले बताउनु भयो ।

साथै बैठकले आगामी जुलाईमा बोस्टनमा एनआरएनए अमेरिकाको वार्षिक सम्मेलन आयोजना गर्ने निर्णय समेत गरेको प्रबक्ता द्रोण गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्