२२ चैत्र २०८२, आईतवार

राजस्थान रोयल्स आइपिएलको शीर्ष स्थानमा

कोलोराडोखबर संवाददाता , April 5th, 2026

नेपाल । राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा राजस्थानले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको हो ।

राजस्थानका लागि बलिङतर्फ रवि विश्नोइ चम्किँदा २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रनमात्रै बनाउन सक्यो ।

अहमदाबाद रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो ।

जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले लगातार दुई खेल जितेको छ।

शनिबार नै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ६ विकेटले हरायो ।

प्रतियोगिता अन्तरगत आइतबार दुई खेल हुँदैछन् । दिउँसो लखनउ सुपर जायन्ट र सनराइजर्स हैदराबाद आमनेसामने हुँदा राति चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्