२२ चैत्र २०८२, आईतवार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

कोलोराडोखबर संवाददाता , April 5th, 2026

नेपाल । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको छ ।

अब मुद्दाका सबै पक्ष मिलिसकेकाले दुवै जनाको रिट पेसीमा चढ्ने भएको हो ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो।

प्रतिक्रिया दिनुहोस्