२१ चैत्र २०८२, शनिबार

नयाँबर्ष २०८३ उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक सांझ आयोजना हुँदै

कोलोराडोखबर संवाददाता , April 4th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयांबर्षका २०८३ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजनागरी एक आपसमा शुभकामना आदान प्रदान गरिने भएको छ ।

कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा नेपाली नयांवर्ष २०८३ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यका साथ समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल ११ तारिक शनिबारका दिन सांझ ५ बजेदेखी राती १० बजे सम्म वेष्टिमिनिष्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुने भएको छ । लोकप्रिय गायक धर्मेन्द्र सेवानको बिशेष अतित्थ्यता तथा संझना पाण्डे लगायतका स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष हरि गुरूङले बताएका छन् ।

प्रवासमा नेपाली भाषा संस्कृतीको पहिचान गराउने जस्तो महत्वपुर्ण कार्यक्रममा कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दि जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बुबाआमा दाजुभाइ, दिदीबहिनीहरूलाइ कार्यक्रममा उपस्थित भइ भब्य र सभ्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिनु हुन संस्थाको अध्यक्ष आकृती राइले सबैलाई हार्दिक अनुरोध गरेकी छिन् ।

एकपटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई आत्मासात गर्दै नेपालीभाषी समुदायको परिचय झल्कने संस्कृति,भेषभुषा, खाना तथा मनोरन्जनात्मक क्रियाकलापहरुको निरन्तरता तथा नयाँ पुस्तामा नेपालीपन जीवित राख्नसंस्थाले दशकौंदेखि दशैंतिहार शुभकामना साँझ कार्यक्रम, नेपाल डे परेड, नेपाली नयाबर्ष शुभकामना आदानप्रदान,समर पिकनिक लगायतका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यसैगरी नेपाली नयाँबर्षकै उपलक्ष्यमा संस्थाले हरेक बर्ष आयोजना गर्दै आएको नेपाल डे परेड कार्यक्रम यही अप्रिल १६ तारिक आइतबारका दिन बोल्डर सिटीमा आयोजना हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्