२० चैत्र २०८२, शुक्रबार

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा

कोलोराडोखबर संवाददाता , April 3rd, 2026

नेपाल । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कनुभएको हो ।

अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिनुभएको छ । विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

गृहमन्त्री गुरुङले यात्रुको गुनासो दोहोरिन नदिन सचेत गराउनुभएको छ । उहाँले सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्