नेपाल । प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ ।
इडेन गार्डेनमा बिहीबार राति भएको खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो ।
सनराइजर्सले यसअघि सम्पन्न पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग ६ विकेटको हार व्यहोरेको थियो ।
कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा सनराइजर्सले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो ।
कोलकातालाई सस्तैमा रोक्न सनराइजर्सका जयदेव उनाड्कटले सर्वाधिक तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनाड्कटले २१ रन खर्चिए ।
इशान मलिंगा र नितिसकुमार रेड्डीले समान दुई विकेट लिँदा हर्ष दुबेले एक विकेट लिए ।
कोलकाताका निम्ति अग्ंकृष रघुवंशीले ५२ रनको अर्धशतकीय इनिङ खेले। रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । रिंकु सिंहले ३५ रन जोडे । ओपनर फिन एलनले २८, सुनिल नराईनले १२ र रमानदीपले १० रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको सनराइजर्सले कोलकाताविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २२६ रनको विशाल योगफल खडा गरेको थियो ।
सनराइजर्सका हेनरी क्लासनले सर्वाधिक ५२ रन बनाए। क्लासनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे। ओपनर अभिषेक शर्माले ४८ रन बनाए। ट्राभिस हेडले ४६, नितिसकुमार रेड्डीले ३९ र कप्तान इशान किसनले १४ रन बनाए ।
कोलकाताका ब्लेसिङ मुजरबानीले सर्वाधिक चार विकेट लिए । कोलकाताको प्रतियोगितामा यो लगातार दोस्रो हार हो । सनराइजर्सले यसअघि पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटको हार व्यहोरेको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्