नेपाल । पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै नेपालमा पनि हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा गरेको भारी वृद्धि गरेसँगै बुधबारदेखि देशका अधिकांश गन्तव्यको हवाई भाडा बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीको सहकार्यमा बुधबारदेखि सबै आन्तरिक गन्तव्यको उडान भाडा बढेको हो ।
वायुसेवा कम्पनीले सबैभन्दा बढी काठमाडौँबाट धनगढीको हवाई भाडा पाँच हजार ४८० रुपियाँ बढेर ११ हजार ९० रुपियाँ पुगेको भने काठमाडौँबाट हुने पर्वतीय उडानको भाडा चार हजार २२५ सय रुपियाँले बढेर आठ हजार ६१५ रुपियाँ पुगेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौँ–भद्रपुरको भाडा तीन हजार ७२५ रुपियाँ, विराटनगरको दुई हजार ९८०, जनकपुर एक हजार छ सय, भरतपुर एक हजार ३३०, पोखरा एक हजार ९७०, भैरहवा दुई हजार ५५५, नेपालगन्ज चार हजार ४५, तुम्लिङटार दुई हजार २९०, सिमरा एक हजार १२०, सुर्खेत चार हजार २८५ र काठमाडौँदेखि राजविराजको भाडा दुई हजार ५४० रुपियाँले बढेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्