नेपाल । ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जित्नुभएको छ । त्यस्तै अनिशा थापा प्रथम उपविजेता र युनिका राई द्वितीय उपविजेता बन्नुभयो ।
प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरले सहभागिता जनाएका थिए । उनीहरूले महिला मोडेलका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए । परम्परा र आधुनिकताको सम्मिश्रण झल्काउने डिजाइनले रनवेमा दर्शकको मन जितेका थिए ।
एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपुतको नेतृत्वमा आयोजना गरिएको निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, शुचिता साची र अश्विनी झा रहनुभएको थियो । उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, व्रिmएटिभिटी र समग्र प्रभावका आधारमा नतिजा घोषणा गरेका थिए । उक्त रन वे को कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्