नेपाल । नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।
उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताएकी हुन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ ।
अमिशाले ओलीको पक्राउलाई असंवैधानिक असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनिमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्