१८ चैत्र २०८२, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्विर सार्वजनिक

कोलोराडोखबर संवाददाता , April 1st, 2026

नेपाल । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्विर एक दिनमा दुईपटक जारी गरिएको छ । आज दिउँसो सार्वजनिक तस्विरमा सानो संशोधन गरी दोस्रोपटक जारी गरिएको हो ।

सुरुको तस्विरमा बालेनले लगाएको चश्मामा ब्राण्डको नाम ‘रेबन’ स्पष्ट देखिएको थियो ।

दोस्रो तस्विरमा एडिट गरेर सो नाम मेटाइएको छ । अन्य कुराहरु यथावत छन् । कालो पोशाक, कालो टोपी र कालै चश्मामा सजिएका दुवै कानमा टपसमेत लगाएका छन् ।

सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको आधिकारिक तस्विर टाँग्ने प्रचलन छ । सोही प्रयोजनका लागि तस्विर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्