१८ चैत्र २०८२, बुधबार

काठमाडौँका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा रिहा

कोलोराडोखबर संवाददाता , April 1st, 2026

नेपाल । काठमाडौँ जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।

उनलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको थियो। काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई छाडिएको हो ।

प्रहरीको टोली सहसचिव रिजाललाई पक्राउ गर्न बिहानै उनको घर बानेश्वर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्