नेपाल । कवि उमेश लुइँटेलको कवितासंग्रह सार्वजनिक भएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा आयोजित कार्यक्रममा लुइँटेलको कविता संग्रह ‘आगो खरानी जान्दैन’ सार्वजनिक भएको हो ।
साहित्यकार विवश पोखरेल, बलराम पोखरेल लगातयका स्रष्टाले लुइँटेलको कृति विमोचन गरेका थिए । सार्वजनिक कृतिमाथि समालोचक भूषण ढुङ्गेल र इन्दिरा मिश्रले समीक्षात्मक मन्तव्य राखे ।
साहित्यकार गोकुल अधिकारी, कृतिकार लुइँटेल, कवि मीनकुमार नवोदितले पनि कृतिबारे चर्चा गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्