१७ चैत्र २०८२, मंगलवार

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा काठमाडौंका तत्कालीन सीडीओ पक्राउ

कोलोराडोखबर संवाददाता , March 31st, 2026

नेपाल । मंगलबार बिहान काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।

कार्की आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्