नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन सिंहदरबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ ।
संवैधानिक व्यवस्थाबमोजिम ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्ने सर्वदलीय बैठकको सहमतिबमोजिम सङ्घीय संसद् सचिवालयले सभामुख र उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने छ । ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्