१८ चैत्र २०८२, बुधबार

प्रधानमन्त्री बालेनको नयाँ गीत ‘जय महाकाली’ तीन दिनमा ५० लाखले हेरे

कोलोराडोखबर संवाददाता , March 31st, 2026

नेपाल । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नयाँ गीत ‘जय महाकाली’ तीन दिनमा ५० लाखले हेरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनले बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्यका रुपमा शपथ लिनुअघि उक्त गीत आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गर्नुभएको हो । गीतमा ४६ हजार बढीले कमेन्ट गरेका छन् ।

गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेको छ । गीतको भिडियोमा उहाँको चुनावी अभियानका भिडियो क्लिप देख्न सकिन्छ । गीतको सम्पादन मगरले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्