-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो स्थित नेपाली समुदायको साझा संस्था “नेपाली घर” ले एक समारोह बिच भव्यताकासाथ दाता सम्मान(Donor Appreciation Program) कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली घर समुदायकै भर भन्ने अभियान लिएर अगाडी बढिरहेको संस्थाले दीर्घकालीन विकास तथा विविध गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले दाता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली घरले विगतदेखि नै समुदायमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस यात्रामा दाताहरूको अमूल्य योगदान रहेको संस्थाले उल्लेख गरेको छ । यही योगदानप्रति सम्मान व्यक्त गर्दै, आगामी दिनहरूमा अझ सशक्त सहकार्यको आधार निर्माण गर्ने लक्ष्यसहित सम्मान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा शनिवार सम्पन्न कार्यक्रम नेपाल र अमेरीकाको राष्ट्रियगान संगै अगाडी बढेको थियो । कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा सामुदायिक सहकार्य परिषद सदस्य रामप्रसाद श्रेष्ठ र संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बसन्त लंम्सालले संयूक्त रूपमा पानसमा बत्तीबालेर उद्घाटन गरिएको कार्यक्रम साँझ ५ बजेदेखी राती ८ बजेसम्म संचालन भएको थियो ।
नेपाली घरको यो यात्रा यहाँसम्म आइपुग्न थुप्रै दाताहरूको निःस्वार्थ साथ, विश्वास र योगदानले महत्वपूर्ण भूमिका खेलेको छ । यही अमूल्य योगदानप्रति हार्दिक कृतज्ञता प्रकट गर्न, कार्यक्रममा सहभागी दातालाई विषेश उपहार प्रदान गरी सम्मान गरिएको थियो ।
नेपाली साँस्कृतिक केन्द्र नेपाली घर निर्माणको अभियानमा १ हजार देखी ४ हजार ९ सय ९९ सम्म सहयोग गर्ने दाता २ सय २५ , ५ हजार देखी ९ हजार ९ सय ९९ सम्म सहयोग गर्ने Patron दाता ९ , १० हजार भन्दा धेरै सहयोग गर्ने ट्रष्टि दाता ४७ र संस्थागत दाता ९ रहेका छन् । कार्यक्रममा उपस्थित दाताहरूलाइ नेपाली घरका पूर्व अध्यक्ष लछुमन राना र वर्तमान अध्यक्ष बसन्त लम्सालले संयूक्त रूपमा नेपाली घरको लोगोअंकीत कप, पिन र सम्मान पत्र प्रदानगरी सम्मान गरेका थिए । जसलाइ नेपाली घर संगको सम्बन्धको प्रतीकको रूपमा सदैव रहिरहने बिस्वाश नेपाली घरले लिएको बताइएको छ ।
समारोहमा संस्थाका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्रश्ट्याएका थिए । त्यसैगरी कार्यक्रममा presiding council का सदस्य नविन दत्तले नेपाली घर कसरी अहिलेको अवस्थामा सम्म आइपुग्यो भन्ने बारेमा समिक्षात्मक प्रश्तुति गरेका थिए ।
यसैगरी नेपाली घरका कोषाध्यक्ष राजु खनालले संस्थाको आर्थिक प्रतिवेदन प्रश्तुतगर्दै संस्थाको बिगत र बर्तमान स्थिती दर्साउदै र भविश्यको कार्ययोजना प्रश्तुत गरेका थिए भने संस्थाका यूथ कोर्डिनेटर तथा website बिज्ञ डेनी ब्राह्मणले संस्थाको website भबिश्यमा कस्तो बन्दैछ भन्नेबारे जानाकारी गराएका थिए ।
कार्यक्रममा उपस्थित महानुभावहरूलाइ थप मनोरञ्जन प्रदानगर्न साँस्कृतिक कार्यक्रमहरू प्रश्तुत गरिएको थियो । जहाँ सिष्टर्स ग्रुप दिदीबिहनी समुह कोलोराडो, कोलोराडो नेवाःखलः र मगर संघकाको तर्फबाट कलाकार बहिनीहरूले शुन्दर नृत्य प्रश्तुत गरेका थिए । त्यसैगरी गायक मनोज सिवाकोटीले जहाँ छन् बुद्धका आँखा लगायतका देशभक्तिका गीत गाएर सहभागीहरूको मनजित्न सफल भएका थिए । समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुध्दिजिवी, दाता, तथा नेपालीभाषी बुबआमा, दाजुभाइ, दिदीबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो ।
संस्थाका महासचिव भोला कटुवालद्वारा संचालन गरिएको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष बसन्त लम्सालले नेपाली संस्कृतिक केन्द्रलाइ यहाँसम्म ल्याइ पुर्याउन तन, मन, र धनले सहयोगगर्नुहुने सबैलाइ धन्यवाद दिदै संस्थाद्वारा आयोजित दाता सम्मान तथा बार्षिक साधारणसभा सम्पन्न भएको घोषणा गरेका थिए । विशेष साँझलाई अझ आत्मीय र स्मरणीय बनाउन सहभागी सम्पूर्ण महानुभावहरूका लागि रात्रि भोजको समेत व्यवस्था गरिएको थियो ।
यसैबिच नेपाली घरले आज आइतबार आफ्नो फेसबुक मार्फत एक विज्ञप्ति प्रकाशित गर्दै दाता सम्मान कार्यक्रमा उपस्थितभइ कार्यक्रमलाइ सफल बनाउन सहयोग पुर्याउने सबैलाइ धन्यवाद दिदै भविश्यमा पनि यस्तै साथ र सहयोग रहिरहने आशा विश्वास रहेको जनाएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्