१६ चैत्र २०८२, सोमबार

बालश्रम गराएको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

कोलोराडोखबर संवाददाता , March 30th, 2026

नेपाल । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्