१५ चैत्र २०८२, आईतवार

एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

कोलोराडोखबर संवाददाता , March 29th, 2026

नेपाल । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आइतबार पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ ।

एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ।

मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको हो ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक शनिबार बिहान पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्