नेपाल । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा विजयी सुरूवात गरेको छ।
शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे।
प्रतियोगिता अन्तरगत आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्