१४ चैत्र २०८२, शनिबार

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकाले दियो बधाइ

कोलोराडोखबर संवाददाता , March 28th, 2026

नेपाल । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्