१४ चैत्र २०८२, शनिबार

प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बालेन्द्र शाहलाई एनआरएनएको बधाइ

कोलोराडोखबर संवाददाता , March 28th, 2026
बधाई तथा शुभकामना
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ७६(१) अनुसार नेपालको सम्मनानीय प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा श्री बालेन्द्र शाहज्यू लाई गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं र यहाँको सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा योगदान पुर्याउने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ।
यस महत्वपूर्ण जिम्मेवारीमा यहाँको नेतृत्वले सुशासन, भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासतर्फ राष्ट्रलाई अग्रसर बनाउनेमा हामी विश्वस्त छौं।जनताको अभूतपूर्व जनादेशसहित यहाँको नेतृत्वले विगतका परम्परागत अभ्यास तोड्दै विश्व इतिहासमै नयाँ पुस्तालाई शासनको जिम्मेवारी सुम्पिएको उल्लेखनीय उदाहरण प्रस्तुत गरेको छ। यसले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको छ।
डा. हेम राज शर्मा
अध्यक्ष
गैरआवासीय नेपाली संघ
मिति : २०८२ चैत १३ गते तदनुसार २७ मार्च २०२६

प्रतिक्रिया दिनुहोस्