१४ चैत्र २०८२, शनिबार

गीत: गाली नगर गाली नगर हामीलाई गाली नगर…

कोलोराडोखबर संवाददाता , March 28th, 2026

-आर. आर. चौलागाईं-
गाली नगर गाली नगर हामीलाई गाली नगर
भोट हाल्ने जनता हौँ हामीलाई गाली नगर ।

हात जोड्दै घरमा आयौ हामीले हुन्छ भन्यौँ
खुट्टा ढोग्दै माफी माग्यौ हामीले हुन्छ भन्यौँ
तिमी भ्रष्ट भैसकेका थियौ आश थिएन तिम्रो
यो मनले मान्दै मानेन अनि भोट अन्तै हाल्यौँ ।

यत्रो वर्ष के गर्यौ तिमीले ? खाएर मात्रै बस्यौ
पीर व्यथा खप्यौँ हामीले तिमी रमाएर बस्यौ
नयाँले केही गर्छन् कि एक पटक हेर्न मन भो
तिम्रो घमण्ड चकनाचूर पार्न भोट अन्तै हाल्यौँ ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्