नेपाल । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबापत ७३ करोड रुपियाँ उपलब्ध गराएको छ ।
बोर्डले चालु आवको साउनदेखि फागुनसम्म ९८३ श्रमिकका परिवारलाई सो बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो ।
बोर्डका अनुसार चालु आवको साउनदेखि फागुनसम्म वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका ६०१ जना र १२५ जना विभिन्न खाले बिरामीको उद्धार गरेको छ । यस्तै सो अवधिमा विभिन्न देशमा मृत्यु भएका ६८५ श्रमिकका शव व्यवस्थापनको काम गरेको बोर्डले जनाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै वैदेशिक रोजगार बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत बढेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्