नेपाल । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिनु अघिल्लो साँझ बिहीबार आफ्नो नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन् ।
उनको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार बेलुका रिलिज गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर स्वयं बालेनकै रहेको छ ।
गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्म गरेको चुनावी यात्राका झलकहरू समेटिएका छन् । विभिन्न स्थानमा जनतासँग भेटघाट, संवाद तथा ठूलो जनसमर्थनका दृश्यहरू भिडियोमा देख्न सकिन्छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेपछि बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन् । उनी शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।
कलाकारिता र इन्जिनियरिङ पृष्ठभूमि भएका बालेनले राजनीति र संगीतलाई एकसाथ अघि बढाउँदै आफ्नो नयाँ सिर्जनामार्फत समर्थकलाई उत्साहित बनाएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्