१२ चैत्र २०८२, बिहीबार

राखेपद्वारा एन्फा कार्यसमितिलाई तीन महिना निलम्बन

कोलोराडोखबर संवाददाता , March 26th, 2026

नेपाल । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ ।

राखेपले एन्फालाई पटक–पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै खेलकुद विकास नियमावली २०७७ को दवा २९ को (२) बमोजित निलम्बन गरेको उल्लेख गरेको छ ।

राखेपले यसअघि एन्फाको ‘अर्ली इलेक्सन’ नगर्न निर्देशन दिएको थियो । यस्तै राखेपले मङ्गलबार मात्र स्वीकृतिबिना यही १३ गते गर्न लागिएको एन्फाको निर्वाचन नगर्न पुनः २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको थियो ।

तर एन्फाले विधिसम्बत् नै निर्वाचन गरिन लागिएको र निर्वाचन हुने जनाएको थियो । एन्फाले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फ्टबल महासङ्घ (एएफसी) र राखेपको नियमावलीमा टेकेर निर्वाचन गरिने लागिएको पनि उल्लेख गरेको थियो ।

राखेपले निलम्बनको कारबाही गरेपनि एन्फाको निर्वाचन चैत १३ गते शुक्रबार झापामा गरिने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्