नेपाल । आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।
काठमाडौँमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपियाँसमेत प्रदान गरियो ।
सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ…’ २०१४ सालमा रेकर्ड भएको थियो । त्यसपछि उहाँ निरन्तर अगाडि बढ्नुभएको हो । उहाँका ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘तिमीले चुमेका पाइला’, ‘उसको मायाले मार्यो थाहा पाएन’, ‘यो मौसम यो हरियाली रङ्गीबिरङ्गी फूलहरू’, ‘नमान लाज यस्तरी कि…’लगायत सात सयभन्दा बढी गीत छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्