अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गर्नुभएको हो ।
काठमाडौंमा ‘फेस–टु–फेस’ बैठक सम्पन्न गरिसकेपछि अध्यक्ष शर्मा फ्रान्स पुग्नुभएको थियो । त्यहाँ लामो समयदेखि समानान्तर रूपमा सञ्चालन हुँदै आएका दुई समूहबीच सहमति जुटाउँदै एकीकृत कार्यसमिति गठन गरिएको छ । भेलाले दिलीप गुरुङको नेतृत्वमा एनआरएनए फ्रान्सको नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष डा शर्मा ले “आईसीसी एकता पश्चात् एनसीसी एकता आफ्नो प्राथमिकतामा रहेको” उल्लेख गर्नुहुँदै फ्रान्सबाट सुरु भएको एकता प्रक्रिया अन्य देशहरूमा समेत क्रमशः विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्