११ चैत्र २०८२, बुधबार

नेपाली बजारमा कति छ सुनको मूल्य ?

कोलोराडोखबर संवाददाता , March 25th, 2026

नेपाल । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा ८० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको छ ।

सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्