नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ ।
उपसभापति पुष्पा भुसालका अनुसार कांग्रेसको १५ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ ।
सभापति गगनकुमार थापाले दिएको राजीनामा चैत ८ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अस्वीकृत भएपछि उहाँ पूर्ववत् जिम्मेवारीमा फर्किनुहुने छ ।
उपसभापति भुसालले भन्नुभयो, “नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । अब पार्टीलाई पूर्णतः रूपान्तरित गरेर अघि बढ्नुपर्ने छ । यसैका लागि आवश्यक निर्णय लिइने छ ।”

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्