नेपाल । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत ११ गते बुधबार शपथ लिने भएका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रपति भवन, शीतलनिवासमा बिहान ११:१५ बजे केसीलाई पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संसदीय परम्पराअनुसार ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउँछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन् ।
धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।
यसपटकको प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता केसी हुन् । ७८ वर्षीय केसीले नै अन्य सांसदलाई शपथ गराउनेछन् ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ । सभामुख निर्वाचित भएपछि ज्येष्ठ सदस्य केसीको यो विशेष जिम्मेवारी समाप्त हुनेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्