नेपाल । बुढ्यौली साहित्य समाज (बुसास) महोत्तरीले २०८२ साल चैत्र ७ गौशालाको त्रिभुवन नमुना माविमा आफ्नो आठौँ शृङ्खला सम्पन्न गरेको छ ।
बुसासले पहिलो पटक गौशालामा गरेको सो कार्यक्रममा दीपलाल महतो, विलट भारती, मोहन गिरी, सुनिधी गुप्ता, मुस्कान साह, सुनिलकुमार साह, जयनारायण महतो, विनोद यादव, देवी घिमिरेले कविता, मुक्तक, गजल तथा गीत सुनाएका थिए ।
यसैगरी कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका सचिव रामचन्द्र पौडेल तथा भीमकुमार राउत, भरतप्रसाद सिंह ‘दोषी’, उमेशकुमार कुशवाहा, गोपाल यादव, यशोदा श्रेष्ठ, ध्रुव वख्रेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सञ्चालन नारद काफ्ले तथा स्वागत गोपाल सिंह कुशवाहाले गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले तथा सभाध्यक्षता बुसास महोत्तरीका अध्यक्ष लालबाबु पोखरलले गरेका थिए।
समाचार स्रोतः रामचन्द्र पौडेल

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्