नेपाल । नव निर्वाचित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्मा तथा सम्पूर्ण नयाँ कार्यसमिति टिमलाई निवर्तमान अध्यक्ष डा. बद्री केसीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले विश्वभर रहेका नेपालीहरूको साझा संस्था एनआरएनए एकता, सहकार्य र सामूहिक नेतृत्वको आधारमा अघि बढ्ने संस्था भएको उल्लेख गर्नुभयो। आफ्नो कार्यकालमा संस्थालाई एकीकृत, सुदृढ र संस्थागत रूपमा अघि बढाउन गरिएका प्रयासलाई नयाँ नेतृत्वले अझ मजबुत बनाउँदै सबै पक्षलाई समेटेर संगठनलाई उच्च स्तरमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
डा. केसीले वर्तमान अवस्थामा व्यक्तिगत वा समूहगत स्वार्थभन्दा माथि उठेर संस्थाको गरिमा, प्रतिष्ठा र साझा उद्देश्यलाई केन्द्रमा राखी एकताबद्ध रूपमा अघि बढ्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले नयाँ कार्यसमितिले समावेशी, जिम्मेवार र दूरदर्शी नेतृत्व प्रस्तुत गर्दै विश्वभर रहेका नेपालीहरूको अधिकार, पहिचान र हित संरक्षणका साथै मातृभूमि नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।
अन्त्यमा, उहाँले नयाँ नेतृत्वलाई सफल, परिणाममुखी र ऐतिहासिक कार्यकालको शुभकामना दिनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्