७ चैत्र २०८२, शनिबार

कविता: साथी हुनु यस्तो पो !

कोलोराडोखबर संवाददाता , March 21st, 2026

-आर. आर. चौलागाईं-
तिमीले माला लगाउँदा
मैले ताली बजाएको थिएँ
मैले माला लगाउने बेलामा चाहिँ
तिमीले मेरो नाम काट्यौ
मेरो साथी कति प्रिय !

तिमीले गाडी चढ्दा
मैले ताली बजाएको थिएँ
मैले गाडी चढ्ने बेलामा चाहिँ
तिमीले मेरो नाम काट्यौ
मेरो साथी कति प्रिय !

साथी हुनु यस्तो पो !

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्