कोलोराडो । कोलोराडोस्थित नेपाली समुदायमा क्रिकेट खेललाई थप प्रतिस्पर्धात्मक बनाउन रकी माउन्टेन क्रिकेट क्लब, कोलोराडो राइनोज र अरोरा एभरेष्ट क्रिकेट क्लब अब संयुक्त रूपमा ‘कोलोराडो नेपाल युथ क्लब’ (CNYC) बनाइएको छ ।
नयाँ गठन गरिएको टोलीले कोलोराडो क्रिकेट लिगमा प्रतिस्पर्धा गर्नेछ । निरोज दाहाललाई कप्तान, सामयोग दाहाललाई उपकप्तान तथा मुकेश झालाई टोली संयोजकको जिम्मेवारी दिइएको छ ।
उत्कृष्ट खेलाडी छनोटका लागि सुशील दाहाल, उत्सव पन्त, निरोज दाहाल र मुकेश झा सम्मिलित छनोट समिति पनि गठन गरिएको जनाइएको छ । टोलीले स्थानीय व्यवसायी तथा उद्यमीहरूलाई प्रायोजनका लागि आह्वान गरेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्